काठमाडौँ, उखु किसानहरूले आन्दोलन जारी राख्ने भएका छन् । उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले किसानको माग पुरा नभएको भन्दै आन्दोलन जारी राख्ने बताए ।
सरकारले ७५ करोड बढी निकासी गर्ने भनेको सरकारको कुरा हो । तर किसानले ७० रुपैयाँ अनुदान माग गरिरहेको छ, त्यसकारण यो आन्दोलन रोकिँदैन’ रायले भने.सरकारले ३५ रुपैयाँको दरले पैसा पर्सिसम्म किसानको खातामा जाने भन्ने कुराप्रति उखु किसानको आपत्ति रहेको उनले सुनाए । ‘हामीले मागेको ७० रुपैयाँ,जुन अघिल्लो साल पाइरहेका थियौँ । कटौती गरेर दिएको पैसामा हाम्रो सहमति छैन,रायले भने ।
सरकारले ४ सदस्यीय वार्ता समिति गठन गरेको प्रसङ्गमा उनले पहिलो र अन्तिम कुरा नै प्रतिक्विन्टल अनुदान ७० रुपैयाँ रहेको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।