काठमाडौं, संघीय सरकारले उत्कृष्ट नतिजा ल्याउने ६ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ६ गते आर्थिक वर्ष २०८०्८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो । गाउँपालिका र नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रक्रियाका क्षेत्रहरु पहिचान गर्ने,आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धीको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको आर्थिक वर्ष २०८०्८१ को नतिजाको गुणस्तर परीक्षण’ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।
गुणस्तर परीक्षण पश्चात् कायम भएको स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरी राष्ट्रिय स्तरमा उच्चतम अङ्क हासिल गर्ने गाउँपालिका तथा नगरपालिकालाई सम्मान गर्न लागिएको छ । यस आधारमा मन्त्रालयले खैरहनी नगरपालिका चितवन,तिलोत्तमा नगरपालिका रुपन्देही,नीलकण्ठ नगरपालिका धादिङ,अर्जुनचौपारी गाउापालिका स्याङजा,बेनीघाट रोराङ गाउँपालिका धादिङ रुरुक्षेत्रगाउँपालिका गुल्मीलाई सम्मान गर्ने भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।