काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
प्रहरी प्रभाग बूढानीलकण्ठका अनुसार आइतबार बिहान करिब १:४७ बजे गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३-०२-००२ प ५७२ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल र बूढानीलकण्ठतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ–८ बस्ने २४ वर्षीय एरिक परियार घाइते भएका छन् । उनको निधार र खुट्टामा चोट लागेको र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।