काठमाडाै, अध्यागमन विभागले आधिकारिक कागजात बोकेर भिजिट भिसामा जानेहरूलाई अबदेखि नरोक्ने भएको छ ।
नक्कली कागजात बोकेको शंकाकै भरमा यात्रुलाई फर्काउने गरिएकोमा अबदेखि त्यस्तो नगरिने विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । कुनै यात्रुबाट नक्कली कागजात भेटिए अनुसन्धानका लागि प्रहरीमा बुझाउने उनको भनाइ छ । भिजिट भिसामा अब फिर्ता गर्ने (अफलोड) भन्ने हुँदैन । अब कागजात नक्कली छ भने त्यसलाई सिधै प्रहरी कहाँ पठाउने हो । त्यहाँबाटै छानबिन हुन्छ,तिवारीले भने,आज विभागले पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो ।
२०८० माघ १० बाट लागु गरिएको ‘मापदण्ड’ परिमार्जन गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । उनले भने,मापदण्ड परिमार्जन गर्न खोजेका छौँ । तत्कालीन गृहमन्त्री स्तरीय निर्णयले लागु गरिएको मापदण्डमा भिजिटमा विदेश जाँदा दुई तर्फी हवाई टिकट,५ सय अमेरिकी डलर बराबरको नगद साटेको प्रमाण र भ्रमण अवधिभर होटल बुकिङ्ग गरेको प्रमाण देखाउनुपर्छ ।
मापदण्ड अनुसार कम्तीमा ६ महिना वैध भएको राहदानी,सम्बन्धित देशको प्रवेषाज्ञा वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भएर प्रवेषाज्ञा नचाहिने व्यवस्था छ । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र देखाउनुपर्छ । युएई,बहराइन,कुवेत,कतार ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वः घोषण गर्नुपर्ने मापदण्ड छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।