काठमाडौँ, गुण्डा नाइके राजु गोर्खाली ‘राजेन्द्र बहादुर गोर्खाली’ आइतबार चन्द्रागिरी स्थित चोभारबाट पक्राउ परेका छन् ।
उनी बैंकिङ्ग कसुर मुद्दामा पक्राउ परेका हुन् । गोर्खालीले टिकाराम तिवारीलाई दिएको १० करोडको चेक बाउन्स भएको छ ।गोर्खालीलई १० करोडको बैंकिङ्ग कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।