बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाल आइपुगे भारतीय विदेश सचिव

नेपाल आइपुगे भारतीय विदेश सचिव

मेगा खबर संवाददाता

१, भाद्र २०८२
  • 595
    SHARES

  • नेपाल आइपुगे भारतीय विदेश सचिव

    काठमाडौं, भारतीय विदेशसचिव विक्रम मिस्री नेपाल भ्रमणमा आइतबार काठमाडौं आइपुगेका छन् । 

    परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री ओलीको भदौ अन्तिम साता हुने भनिएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुको साथै एजेन्डाको विषयमा छलफल गर्ने बताइएको छ । बिहान ९ बजे विशेष विमानबाट आइपुगेका विदेश सचिव मिस्री सिधै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने स्रोतले जानकारी दिएको छ ।

    १०ः३० प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको बताइको छ भने राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बुढानीलकण्ठ जाने छन् । उनले कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ । सभापति देउवालाई भेटिसकेपछि उनी सिधै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जानेछन् । प्रचण्डलाई भेटिसकेपछि परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईसँग दुईपक्षीय भेटवार्ता हुने स्रोतले जानकारी दिएको छ ।

    आइतवार, भाद्र १ २०८२१२:०६:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार