काठमाडौँ, चक्रे मिलन (मिलन गुरुङ) समूहका १९ जनाको मुद्दामा बुधवार थुनछेक बहस हुँदैछ ।
काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुन लागेको हो । सरकारी वकिल कार्यालय काठमाडौँले मंगलबार उनीहरू विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अभियोग पत्र दायर गरेको थियो । साउन १५ मा राजधानीको साम्बाला होटलबाट पक्राउ परेका १९ जनालाई प्रतिवादी बनाइएको छ ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा १ वर्ष कैद र १० हजार जरिवाना सजाय गर्न मागदावी लिइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सहन्यायाधिवक्ता रामहरि काफ्लेले बताए । पटके कसुदारको हकमा थप सजाय मागदावी गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।