काठमाडौँ, चक्रे मिलन (मिलन गुरुङ) समूहका १९ जनालाई प्रहरीले सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।
चक्रे सहितका ४७ जना साउन १५ मा साम्बाला होटेलबाट पक्राउ परेका थिए । तीमध्ये १९ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले उनीहरूलाई पटके कसुरदार कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा प्रमुख जिल्ला अधिकारीबाट म्याद लिएर अनुसन्धान गरे पनि पटके कसुरदार कायम गरेपछि अदालतमा मुद्दा लैजानुपर्ने कानुनी व्यवस्था छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।