काठमाडौँ, अफ लाइनमा पठाओ चलाएको आरोपमा बालाजुको माछापोखरीबाट ७ जना राइडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरी र वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर घर भएका टेक बहादुर अधिकारी,गोरखा घर भएका जीवन कुमाल,नुवाकोट घर भएका नारायण पुडासैनी, तार्केश्वर घर भएका रामभक्त अर्याल,धादिङका रोशन चेपाङ,नुवाकोट तादीका केदार तिमल्सिना र धादिङका कुलबहादुर गुरुङ छन् ।
अफलाइनमा पठाओ चलाउँदा यात्रुको असुरक्षा’ हुने हुनाले उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुलदिप चन्दले जानकारि दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।