काठमाडौं, सरकारले मुलुकी अपराध संहिता,२०७४ को दफा १७५ मा रहेको ‘बहुविवाह गर्न नहुने’ सम्बन्धी प्रावधानमा संशोधन प्रस्ताव गरेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
प्रस्तावित संशोधनले बहुविवाहलाई प्रश्रय दिन सक्ने भन्दै विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा उठेका सार्वजनिक चिन्ताप्रति चासो व्यक्त गर्दै आयोगले यस विषयमा सरोकारवालासँग छलफल प्रारम्भ गरिसकेको जनाएको छ ।
नेपाल सरकारलाई साउन १८ गते पत्राचार गर्दै आयोगले प्रस्तावित कानुनी मस्यौदा उपलब्ध गराउन आग्रह गरिसकेको प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।