बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

ठमेलको दोहोरी साँझबाट फेरि पक्राउ परे गुन्डा नाइके ‘सानुभाइ’

ठमेलको दोहोरी साँझबाट फेरि पक्राउ परे गुन्डा नाइके ‘सानुभाइ’

मेगा खबर संवाददाता

१६, श्रावण २०८२
  • 1.3K
    SHARES

  • ठमेलको दोहोरी साँझबाट फेरि पक्राउ परे गुन्डा नाइके ‘सानुभाइ’

    काठमाडौं,  गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । काठमाडौँको ठमेलस्थित नगरकोट दोहोरी साँझबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    गएराति ठमेलको नगरकोट दोहोरी साँझबाट उनीसहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए । ‘दोहोरी साँझमा झैझगडा गरेको भनेर कन्ट्रोलमा खबर आएको थियो । हुलमुलमा नियन्त्रणमा लिँदा उनी पनि रहेको देखियो । अहिले अरूको स्क्रिनिङ भइरहेको छ,उनले भने.अहिले उनी पक्राउ परे पनि मुद्दा चल्नेनचल्नेबारे यकिन भइसकेको छैन ।

    सानुभाइविरूद्ध पुराना कुनै मुद्दा बाँकी रहेनरहेको बारेमा पनि हेरिने उनले बताए । नुवाकोट घर भएका सानुभाइ यसअघि पनि पटक-पटक कुटपिटका घटनामा पक्राउ परेका थिए । २०८० माघ ६ गते पनि ठमेलको एक क्लबको पार्किङमा एक पुरूषमाथि उनको समूहले कुटपिट गरेको थियो । उनी त्यतिबेला फरार भएका थिए ।

    त्यही साल असारमा पनि कुटपिटकै घटनामा पक्राउ परेका थिए। पछि उनी धरौटी बुझाएर छुटेका थिए ।

    बिहिवार, श्रावण १६ २०८२०२:४२:२२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार