काठमाडौँ महानगरपालिका–३२ स्थित छाप्रोमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका–३ घर भएर कोटेश्वर बस्ने २५ वर्षीय नवराज तुमसिंह मगर छन् । बुधवार राति पौने ९ बजेतिर जडीबुटीबाट पेप्सीतर्फ जाँदै गरेको बा.प्र–०१–००४ ख ३२८७ नम्बरको पानी ट्यांकरले विपरीत दिशातर्फ जाँदै गरेको बा.प्र–०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मोटरसाइकलमा पछाडि सवार युवकको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारि दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।