काठमाडौं, नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी कर्मचारी संघर्ष समितिले दुई वर्षअघिको निर्णय कार्यान्वयनको माग गर्दै प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ ।
शान्तिपूर्ण रूपमा आयोजित धर्नामा सहभागी कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर विरोध जनाएका थिए । संघर्ष समितिका अनुसार,प्राधिकरण सञ्चालक समितिको २०७९ साउन ३१ गते बसेको ९४९औं बैठकले दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मासिक ज्यालादारीमा रूपान्तरण गर्ने निर्णय गरिसकेको थियो ।
सो निर्णय कार्यान्वयन गर्ने विषयमा पटक–पटक सहमति र सम्झौता भए पनि अहिलेसम्म कार्यान्वयन नभएको समितिको गुनासो छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।