काठमाडौं, रसुवाको गोसाइँकुण्डमा बेपत्ता भएका दुई युवकको शव फेला परेको छ ।
पौडी खेल्ने क्रममा आइतबार दुई युवक गोसाइँकुण्डमा बेपत्ता भएका हुन् । नेपाली सेनाले खोजी गर्ने क्रममा सोमबार बिहान उनीहरूको शव फेला परेको हो । कुण्डमा बेपत्ता भएका मोरङको विराटनगरका २८ वर्षीय सुजन ढकाल र मोरङको बेलवारीका मनोज न्यौपानेको शव भेटिएको सेनाले जनाएको छ ।
गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरु डुबेको हुनसक्ने आँकलन गरिएको छ । बेपत्ताको खोजीका लागि नेपाली सेना श्रीनाथ गण,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पुगेका थिए । नेपाली सेना,श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय श्रोत र साधनको प्रयोग गरी बेपत्ता युवकको खोजी गरेको थिए । ती युवकको शव कुण्डबाट निकालिएको र नेपाल प्रहरीलाई बुझाउने क्रममा रहेको सेनाले जनाएको ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।