काठमाडाै, २० वर्षपछि मिनिबस चालक पक्राउ परेका छन् । सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका-२ घर भएका ५० वर्षीय नानिराम खरेल पक्राउ परेका हुन् ।
उनलाई सवारी ज्यानसम्बन्धी कसूरमा २० वर्षपछि आइतबार गौशलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए । २०६२ भदौं २५ गते काठमाडौं तिलगंगा आँखा अस्पताल नजिक सडकमा उनले चलाएको बा १ ख ७१४४ नम्बरको मिनिबसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा नुवाकोट घर भएका २७ वर्षीय कमल तामाङलाई ठक्कर दिँदा मृत्यु भएको एसपी बोहराले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।