काठमाडौंको गोकर्णेश्वरस्थित सुन्दरीजलको बाढीमा फसेका पाँच जनालाई नेपाली सेनाले सोमबार बिहान उद्धार गरेको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक नुहाउने क्रममा चार जना भारतीय र एक नेपाली बाढीमा फसेका थिए । नुहाउने क्रममा एक्कासी खोलाको बहाव बढ्दा उनीहरू नदीको बीचमै फसेका थिए । चारैतिरबाट बाढीले घेरेपछि उनीहरुले ठूलो ढुंगामा चढेर ज्यान जोगाएका थिए ।
तिर्थालु नदीमा फसेको जानकारीपछि श्री चन्दननाथ गणबाट खटिएका सेनाका उद्धार टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा उनीहरुको सकुशल उद्धार गरेका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।