बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनकोशीकाे पुल पाँच वर्षदेखि अलपत्र, भुम्लुका हजारौँ नागरिकले सास्ती खेप्दै

सुनकोशीकाे पुल पाँच वर्षदेखि अलपत्र, भुम्लुका हजारौँ नागरिकले सास्ती खेप्दै

मेगा खबर संवाददाता

१२, श्रावण २०८२
  • 2.4K
    SHARES

  • सुनकोशीकाे पुल पाँच वर्षदेखि अलपत्र, भुम्लुका हजारौँ नागरिकले सास्ती खेप्दै

    काठमाडाै, सिन्धुपाल्चोकको चेहेरेस्थित सुनकोशी नदीमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ ।

    काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाको सापिङका विभिन्न वडा तथा बस्तीमा सडकको पहुँच पुर्‍याउने उद्देश्यले विसं २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण कम्पनीले उक्त मोटर गुड्ने पुलको काम समयमा नगर्दा भुम्लुका हजारौँ नागरिकले सास्ती खेप्दै आउनुपरेको हो । 

    सिन्धुपाल्चोकको चेहेरेलाई सडक सञ्जालसँग जोड्न सुनकोशी नदीमा पक्की पुल निर्माणार्थ सडक विभाग र अमर कन्स्ट्रक्सन प्रालिबीच विसं २०७७ भदौ १० गते सम्झौता गरिएको थियो । विसं २०८० जेठ २ गतेसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता गरिए पनि निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै काममा आलटाल गरेकाले पाँच वर्षसम्म पुल अलपत्र बनेको स्थानीय बताउँछन् ।

    विभाग अन्तर्गतको पुल सेक्टर कार्यालयका इञ्जिनीयर निरोज महर्जनका अनुसार पुल निर्माणको ठेक्का पाएको कम्पनीले विभिन्न बहाना गरेपछि कार्यालयले सम्पर्क गर्दासमेत सम्पर्कमा आएका छैनन् । सम्झौताको समयसिमाभित्र काम नगरेपछि पछिल्लो पटक विसं २०८१ वैशाख २० गते विभागीय निर्णय अनुसार एकैपटक २३ महिना २५ दिनका लमगि म्याद थप गरिए पनि निर्माण व्यवसायीले थपिएको समयमा पनि काम नगरेको महर्जनले बताए । उनका अनुसार पुल निर्माणार्थ थपिएको म्याद पनि गत जेठ ९ गते सकिएको छ ।

     

     

    आइतवार, श्रावण १२ २०८२०३:२८:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार