काठमाडौं, परराष्ट्र मन्त्रालयले आज दिएको जानकारीअनुसार इरानको जेलमा रहेका ५ नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्न आदेश दिएपछि बिहीबार काठमाडौँ ल्याइएको हो ।
तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठन इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) को सहयोगमा उनीहरूलाई स्वदेश ल्याइएको मन्त्रालयले जनाएको छ । तर परराष्ट्र मन्त्रालयले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।
यसअघि इराजयल र इरानबीच द्वन्द्व हुँदा पनि तीन चरणमा गरी ९ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको जानकारी पनि मन्त्रालयले दिएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।