काठमाडौं, महंगी र भ्रष्टाचारविरुद्ध भन्दै क्रान्तिकारी युवा संघ नेपालले प्रदर्शन गरेको छ ।
बिहीवार क्रान्तिकारी युवा संघ नेपालले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा विरोध र्याली गरेको हो । उनीहरुले महंगी, भ्रष्टाचार,कुशासन,बेथिति,अन्याय र अत्याचारको विरुद्धमा भन्दै ललितपुरको कुपण्डोलबाट खबरदारी मोटरसाइकल र्याली गरेका हुन् ।
ललितपुरको कुपण्डोलबाट शुरु भएको र्याली लगनखेल,बल्खु,कालिमाटी,वनस्थली,बालाजु,महाराजगञ्ज,चाबहिल हुँदै सिफलमा गइ टुंगिने भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।