काठमाडौँ, थाइल्याण्ड र कम्बोडियाले एक अर्कामाथि हमला गरेका छन् । सीमा क्षेत्रमा बिहीबार दुई देशका सेनाबीच गोली हानाहान भएपछि दुवै देशले एक अर्कामाथि हवाई आक्रमण थालेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
दुवै देशले एकले अर्कोलाई हमलाको सुरूवात गरेको आरोप लगाएको छ । सीमा क्षेत्रमा तनावपछि कम्बोडियाले थाइल्याण्डमा दुइटा रकेटले हमला गरेको जनाएको छ । त्यसपछि थाइल्याण्डले एफ-१६ लडाकू विमानले कम्बोडियाको सैन्य अड्डामा बम खसालेको भनेर जनाएको छ ।
रकेट हमलाबाट थाइल्याण्डमा कम्तिमा दुई जना मानिसहरूको मृत्यु भएको भनिएको छ । तनावपछि सुरिन प्रान्तको काब चोइङ गाउँमा ३० देखि ४० हजार मानिसहरूलाई सुरक्षित ठाउँमा सारिएको छ । थाइल्याण्डले सीमाक्षेत्रमा विद्यालय बन्द गरेको छ । थाइल्याण्डले कम्बोडियासँगको सबै सिमाना बन्द गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।