बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु, चालक पक्राउ

भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु, चालक पक्राउ

मेगा खबर संवाददाता

७, श्रावण २०८२
  • 841
    SHARES

  • भक्तपुरमा बसको ठक्करबाट महिलाको मृत्यु, चालक पक्राउ

    काठमाडौं, भक्तपुरमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । 

    सूर्यविनायक नगरपालिका-८ इटभुचोकमा आज काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा.५ ख ४७८२ नम्बरको मयुर यातयातको बसले ठक्कर दिँदा पदैलयात्री महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका-४ मंगलाछेँ घर भई हाल भक्तपुरको आदर्श बस्देै आएकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठ रहेकी प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए । 

    सडक क्रस गर्ने क्रममा बसले ठक्कर दिदाँ गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । ठक्कर दिने बस र त्यसका चालक नुवाकोट शिवपुरी गाँउपालिका-२ छाप घर भई हाल काठमाडौंको नारायणस्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    मंगलवार, श्रावण ७ २०८२०३:५३:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार