बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

देशभरका विभिन्न सडकखण्ड अस्तव्यस्त, कहाँ–कहाँ अवरूद्ध छन् ?

देशभरका विभिन्न सडकखण्ड अस्तव्यस्त, कहाँ–कहाँ अवरूद्ध छन् ?

मेगा खबर संवाददाता

२६, आषाढ २०८२
  • 808
    SHARES

  • देशभरका विभिन्न सडकखण्ड अस्तव्यस्त, कहाँ–कहाँ अवरूद्ध छन् ?

    काठमाडौँ, बाढी र पहिरोका कारण देशभरका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । 

    चीनतर्फबाट मंगलबार बिहानै आएको बाढीले गल्छी–त्रिशुली–वेत्रावती–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक रसुवागढी, टिमुरे, लिङलिङ, रोंगा खण्डमा सडक अवरुद्ध बनेको छ । यो सडकको अवरोध हटाउन सडक आयोजनाले आवश्यक उपकरणसहित जनशक्ति खटाइसकेको छ ।

    मेची राजमार्गको ताप्लेजुङ –ओलङचुङगोला सडक खण्ड अन्तर्गत हेवाखोलामा पूर्णरूपमा अवरुद्ध बनेको छ । यसैगरी सालझण्डी–सन्धीखर्क–देवीस्थान,वुर्तिवाङ–ढोरपाटन सडकखण्ड अन्तर्गत अर्घखाँची घोलडाँडा र निगाली भन्ने स्थानमा बुधबार पहिरो जाँदा पूर्णरुपमा सडक अवरुद्ध बनेको छ । 

    अरनीको राजमार्ग अन्तर्ग दोलालघाट–खाडीचौर–कोदारी सडक खण्ड सिन्धुपाल्चोकको कोदारीमा बिहिबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    बिहिवार, आषाढ २६ २०८२०४:१९:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार