बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बाढी–पहिरोको कहर, पूर्ण रूपमा अवरुद्ध छन् यी राजमार्ग

बाढी–पहिरोको कहर, पूर्ण रूपमा अवरुद्ध छन् यी राजमार्ग

मेगा खबर संवाददाता

२५, आषाढ २०८२
  • 700
    SHARES

  • बाढी–पहिरोको कहर, पूर्ण रूपमा अवरुद्ध छन् यी राजमार्ग

    काठमाडौँ ,    अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।

    बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् ।

    यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन् ।

     

    515109162_1263870595367939_8650365104085708513_n

    बुधवार, आषाढ २५ २०८२११:२९:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार