काठमाडौं, भारतीय प्रान्त तेलंगानाको संगारेड्डी जिल्लामाको एक रासायनिक कारखानाको रिएक्टरमा विस्फोट हुँदा १० जना कामदारको मृत्यु भएको छ । १५ देखि २० जनासम्म घाइते भएका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार आज बिहान भएको विस्फोटमा मृतकको संख्या बढ्न सक्छ । त्यहाँ अझै धेरै मानिस फसेको बताइएको छ । दुर्घटना बिहान ७ बजे पासुमिल्लाराममा रहेको सिगाची रासायनिक कारखानमा भएको हो ।
विस्फोटपछि कामदारहरू कारखानाबाट बाहिर निस्किरहेको देखिएको थियो । विस्फोटको कारण थाहा भइसकेको छैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।