काठमाडौं, नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यताको आधारमा नियुक्त गर्न माग गरेको छ ।
हाल निमित्त व्यवस्थामार्फत सञ्चालन भइरहेको अवस्थामा उपकुलपति नियुक्ति प्रक्रियामा पारदर्शिता र योग्यता प्रणालीको माग गरेको हो । अध्यक्ष दुजाङ शेर्पाले एक परिपत्र लेख्दै विश्वविद्यालयका पदाधिकारीहरूले व्यक्तिगत अभीष्ट पूर्तिको उद्देश्यले ऐन विपरीत विनियम,निर्देशिका तथा कार्यविधि निर्माण गरी जारी गरेको विषयमा आपत्ति जनाए ।
नेपालको संसदीय समितिमा छलफलको विषय बन्नु लज्जास्पद रहेको भनिएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।