बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस पल्टियो, ८ जना घाइते

सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस पल्टियो, ८ जना घाइते

मेगा खबर संवाददाता

१४, आषाढ २०८२
  • 406
    SHARES

  • सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस पल्टियो, ८ जना घाइते

    काठमाडौं, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१०,रामपुर बेँसीमा शनिबार (असार १४) दिउँसो एउटा बस दुर्घटना भएको छ । दुर्घटनामा आठ यात्री घाइते छन् ।

    सिन्धुपाल्चोककै भोताङबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको बस दुर्घटना भएको हो । दिउँसो करिब १ बजे मेलम्ची बजारपारि बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    बस मेलम्ची नदी किनारमा पल्टिएको थियो । घाइतेमध्ये दुईजनाको अवस्था ‘मध्यम’ छ । ६ जना ‘सामान्य’ घाइते भएका इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

    शनिवार, आषाढ १४ २०८२०४:३४:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार