बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी छ : प्रहरी महानिरीक्षक दीपक थापा

काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी छ : प्रहरी महानिरीक्षक दीपक थापा

मेगा खबर संवाददाता

१२, आषाढ २०८२
  • 466
    SHARES

  • काठमाडौँ उपत्यकामा लागुऔषधको बिगबिगी छ : प्रहरी महानिरीक्षक दीपक थापा

    काठमाडौँ, प्रहरी महानिरीक्षक दीपक थापाले सबैको ऐक्यबद्धता भए लागुऔषध दुर्व्यसनी नियन्त्रण गर्न सफल हुने बताएका छन् । बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बताए । 

    काठमाडौँ उपत्यकामा उनले लागुऔषधको बिगबिगी बढिरहेको त्यसलाई मध्यनजर गरी प्रहरीले काठमाडौँ उपत्यका प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाभर लागुऔषध रोकथाम र नियन्त्रणको अभियानलाई सशक्त ढङ्गले अघि बढाइरहेको बताए । सबै पालिका,सबै तह तप्का र विद्यालय तहमा लागुऔषध विरुद्धको अभियानमा सचेतनामूलक कार्यक्रम लिएर अघि बढिरहेको बताए ।

    लागुऔषधको डिमान्ड र सप्लाईलाई नियन्त्रण कसरी गर्ने भनेर योजना बनाइ अघि बढ्न जरुरी बताए । प्रहरीले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा अघिल्लो आवमा भन्दा गाँजा ६५ प्रतिशत,अफिम ७७ प्रतिशत,हिरोइन ७९,अन्य औषधिजन्य लागुपदार्थ ५३ प्रतिशतले बरामद गरेको जानकारी दिए ।

    बिहिवार, आषाढ १२ २०८२०५:०५:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार