काठमाडौँ, ग्राण्डी अस्पताल नजिकैको सडकबाट खोलामा खसेको कारलाई विष्णुमतीको बाढीले बगाएको छ ।
गएराति ग्राण्डिबाट बानियाटारसम्म करिब डेढ किलोमिटर कार बगेको हो । कारबाट प्रहरीले एकजना महिलालाई सकुशल उद्धार गरेको छ । बागमती प्रदेश ०१–०३१ च ६१४१ नम्बरको ईभी कारबाट दाङ घर भएर टोखा बस्ने ३४ वर्षीया भावना वलीको उद्धार गरिएको छ ।
गएराति १० बजे भएको सो दुर्घटनाको उद्धारमा प्रहरी वृत्त महाराजगन्जका डीएसपी निरञ्जन थापा र ट्राफिक प्रहरी खटिएका थिए ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार यात्रुसहित कार बगाएको सूचनापश्चात ४५ जना प्रहरी खटिएका थिए । खोजी गर्ने क्रममा कार बानियाटार पुलमा अड्किएको अवस्थामा भेटिएको थियो । त्यहाँबाट कारभित्र सवार महिलालाई उद्धार गरी उपचारका लागि ग्रीन सिटी अस्पताल पठाइएको एसपी बोहराले जानकारी दिए । उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।