बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

इलेक्ट्रिक स्कुटरमा आगलागी

इलेक्ट्रिक स्कुटरमा आगलागी

मेगा खबर संवाददाता

११, आषाढ २०८२
  • 826
    SHARES

  • इलेक्ट्रिक स्कुटरमा आगलागी

    काठमाडौं, गुडिरहेको अवस्थामा इलेक्ट्रिक स्कुटरमा आगो लागेको छ । काठमाडौंको रत्नपार्कमा आज बागमती प्रदेश ०२-०१९ प ६२४५ नम्बरको स्कुटरमा आगो लागेको हो ।

    आगलागीको जानकारी पाउनासाथ प्रहरीको टोली तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको प्रहरी वृत्त,सिंहदरबारले जानकारी दिएको छ । प्रहरीका अनुसार स्कुटरमा सवार ३३ वर्षीया चालक सकुशल रहेकी छन् । 

    स्कुटरको ब्याट्रीमा सर्ट सर्किट भएको कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    बुधवार, आषाढ ११ २०८२१२:५४:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार