बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इरानको मशहदबाट २९० भारतीय र १ श्रीलङ्काली नागरिक सुरक्षित उद्धार

इरानको मशहदबाट २९० भारतीय र १ श्रीलङ्काली नागरिक सुरक्षित उद्धार

मेगा खबर संवाददाता

१०, आषाढ २०८२
  • 583
    SHARES

  • इरानको मशहदबाट २९० भारतीय र १ श्रीलङ्काली नागरिक सुरक्षित उद्धार

    काठमाडौँ, इरानको मशहदबाट २९० जना भारतीय र एक जना श्रीलङ्काली नागरिकलाई भारतले उद्धार गरेको छ ।

    भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरूलाई सोमबार साँझ नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गराइएको छ । तर सो टोलीमा नेपाली छैनन् । इरान तथा इजरायलबाट नेपालीलाई पनि उद्धार गरिदिन नेपालले भारतीय सरकारलाई आग्रह गरिएको थियो । तर यो समूहमा नेपाली छैनन् ।

    इरानमा पछिल्लो समय बढ्दो तनाव र सुरक्षाको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै भारत सरकारले आफ्ना नागरिकहरूको सुरक्षित उद्धारलाई प्राथमिकता दिँदै आएको छ । यस उद्धारसँगै अहिलेसम्म इरानबाट कुल दुई हजार तीन जना भारतीय नागरिकहरू सुरक्षित रूपमा भारत फर्किइसकेका छन् ।

    मंगलवार, आषाढ १० २०८२०७:१७:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार