बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इरानमा रहेका ११ नेपाली भारतीय सहायतामा नेपाल फर्किँदै

इरानमा रहेका ११ नेपाली भारतीय सहायतामा नेपाल फर्किँदै

  • 814
    SHARES

  • इरानमा रहेका ११ नेपाली भारतीय सहायतामा नेपाल फर्किँदै

    काठमाडौं, इरानको राजधानी तेहरानस्थित विभिन्न नियोग र कार्यालयमा कार्यरत ११ जना नेपाली भारतीय सहायतामा नेपाल फर्किदैछन् । उनीहरू करिब ९५० किलोमिटरको दूरी सडक मार्गबाट पार गरेर तेहरानबाट इरानकै मसद सहरमा पुगेका छन् ।

    तेहरानबाट करीव ११ घण्टाको दूरीमा मसद सहर पर्छ । भारतले इरानमा रहेका नेपाली र श्रीलंकाली नागरिकलाई सहयोग गर्ने जानकारी दिएपछि उनीहरु इरानस्थित भारतीय दूतावासकै समन्वयमा नेपाल फर्किदैछन् ।अहिले उनीहरू उडानको प्रतिक्षामा रहेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

    उदयपुर घर भएका हरि थापा,उत्सव थापा,गायत्री कार्की लगायत लुम्बिनी प्रदेशका विष्णु भुसाल,बुद्धि भुसाल,सागर पौडेल,सुमन गैरे,यज्ञ मरासिनी,गणेश पोखरेल र राजु खनाल मसद सहरको एक होटलमा छन् । उनीहरूलाई भारतीय विमानमै ल्याइँदैछ । 

    सोमवार, आषाढ ९ २०८२०३:००:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार