काठमाडौं, नारायणगढ–बुटवल सडक पूर्ण रूपमा बन्द भएको छ ।
सोमबार बिहानको बाढीले डाइभर्सन बगाएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका–३ सर्दीस्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो । उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सर्दिबाट सुरक्षा फौज परिचालन गरिएको छ ।
यसैबिच सोमबार बिहानको वर्षाले गोरखाको गोरखा नगरपालिका– ८ ढुङ्गागाडेस्थित गोरखा आरुघाट– बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।