बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पूर्वमन्त्री शास्त्रीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव

पूर्वमन्त्री शास्त्रीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव

  • 811
    SHARES

  • पूर्वमन्त्री शास्त्रीको निधनप्रति कांग्रेसको शोक प्रस्ताव

    काठमाडौं, कांग्रेसले बुधबारदेखि असार ६ गतेसम्म तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ । 

    बुधबार बिहान बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले पूर्व केन्द्रीय सदस्य रहेका नेता ढुण्डीराज शास्त्रीको निधनप्रति दुख व्यक्त गर्दै झण्डा झुकाउने निर्णय गरेको हो । पूर्व मन्त्री एवं समाजवादी चिन्तक रहेका शास्त्रीको निधनप्रति बैठकले गहिरो दुःख व्यक्त गर्दै पारितशोक प्रस्ताव पारित गरेको छ ।

    सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवालगायतका नेताहरूले शास्त्रीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन् ।पूर्वउद्योगमन्त्री तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य  शास्त्रीको ९० वर्षको उमेरमा यही असार २ गते काठमाडौँको केएमसी अस्पतालमा निधन भएको थियो । 

    कांग्रेसका तर्फबाट २०४८ र २०५१ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट सांसद भएका शास्त्री उद्योग र श्रममन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

    बुधवार, आषाढ ४ २०८२१२:५५:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार