बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

समाचार हटाउने आदेशविरुद्ध दर्जन बढी वकिलले आज बहस गर्दै

समाचार हटाउने आदेशविरुद्ध दर्जन बढी वकिलले आज बहस गर्दै

  • 619
    SHARES

  • समाचार हटाउने आदेशविरुद्ध दर्जन बढी वकिलले आज बहस गर्दै

    काठमाडौँ, नेपाल खबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार मेट्न जिल्ला अदालत काठमाडौँले गरेको आदेशविरुद्ध आज दर्जन बढी अधिवक्ताहरूले बहस गर्दैछन् । न्यायाधीश श्यामबिहारी मौर्यको इजलासमा सुनुवाइ हुन लागेको हो । 

    नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै  गत जेठ २७ गते न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले दुई अनलाइनमा प्रकाशित समाचार मेट्न आदेश दिएको थियो । सोही दिन अन्तरिम आदेशका लागि असार ४ गते पेसी तोकी दुवै पक्षलाई बोलाइएको थियो ।

    अनलाइनहरूले जलविद्युत् कम्पनीका आईपीओ स्वीकृतिका लागि श्रेष्ठले प्रतिशत नै तोकेर कमिसन मागेको समाचार प्रकाशित गरेका थिए । अदालतले विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेकोमा अनलाइनहरूले समाचार लेख्ने अधिकारको प्रतिरक्षा गर्दै जवाफ पेस गरिसकेका छन् । 

    बुधवार, आषाढ ४ २०८२१२:४९:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार