काठमाडौं, काठमाडौंको बूढानीलकण्ठमा दुई जनाको शव फेला परेको छ । बूढानीलकण्ठ नगरपालिका-४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउण्डभित्र रहेको साढे दुईतले घरभित्र पुरूष,महिला र एउटा कुकुर मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार शुक्रबार राति पौने १० बजेतिर शव फेला परेको थियो । मृतक पञ्जाब चन्डिगढका ५४ वर्षीय परम नारायण गिल र २८ वर्षीया अन्जना तामाङ छन् । राति अबेर शव फेला परेको खबरपछि प्रहरी वृत्त महाराजगन्जबाट प्रहरीको टोली खटिएको थियो । प्रहरीका अनुसार कोठा भित्रबाट बन्द थियो । प्रहरी ढोका फोडेर प्रवेश गरेको थियो । प्रहरीले राति २ बजेसम्म घटनास्थलमा मुचुल्का गरी अनुसन्धान गरेको थियो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।