काठमाडौँ, सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा निर्माण तयारीमा रहेको ४६ मेगावाटको भोटेकोशी–५ जलविद्युत् आयोजनाविरुद्ध स्थानीय बासिन्दाहरु आइतबार आन्दोलनमा उत्रिएका छन् ।
१०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको विद्युत् गृहबाट निस्कने पानीमा टनेल हालेर नयाँ आयोजना बनाउन लागिएकामा स्थानीयले वातावरणीय असर पर्ने भन्दै बाह्रबिसे बजार,मानेश्वारा,राम्चेलगायत आसपासका स्थानीयहरुले विरोध र्याली निकालेका हुन् ।
स्थानीयले ‘गो ब्याक कालिका हाइड्रो’ हाइड्रो पावर विकास होइन,विनास हो ,कालिका मतियार जनप्रतिनिधि होसियार, नदी मास्न पाइदैन,जनताको नदी जनताको अधिकार, हाइड्रो पावर चाइदैन,जल जङ्गल जमिनको रक्षा गराै भन्दै कालो झन्डासहित बजारमा प्रदर्शन गरेका हुन् ।