बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बालअस्पताल निर्माणमा सहयोग गर्न पठाओको ‘राइड फर अ कज’ अभियान

बालअस्पताल निर्माणमा सहयोग गर्न पठाओको ‘राइड फर अ कज’ अभियान

  • 553
    SHARES

  • बालअस्पताल निर्माणमा सहयोग गर्न पठाओको ‘राइड फर अ कज’ अभियान

    काठमाडौँ, पठाओ नेपालले बाल अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले ‘राइड फर अ कज’ अभियान’ सुरु गरेको छ । 

    डा भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई सहयोग गर्ने उद्देश्यले यही जेठ २७ गतेदेखि असार २ गतेसम्म उक्त अभियान सञ्चालन गरिएको पठाओ नेपालकि मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले उक्त अभियान सुरु गरेको उनको भनाइ छ । 

    अभियानअन्तर्गत प्रत्येक राइडबाट प्राप्त हुने रकमबाट केही हिस्सा बाल अस्पतालका लागि छुट्याइनेछ । “यसरी  छुट्याइने 
    रकम राइडरबाट नभइ कम्पनीको आम्दानीबाट कट्टा गरिनेछ”, हमालले भनिन्, “पठाओ नेपालको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभियान सञ्चालन गरिएको हो ।”

    अभियानबाट संकलन हुन रकम बालमैत्री अस्पताललाई दिइने छ । उक्त रकमबाट अस्पतालको भवन निर्माण र अस्पतालको उपकरण खरिदलगायतमा खर्च हुनेछ । डा कोइराला नेतृत्वमा रहेको उक्त अस्पताल नेपालमा बाल स्वास्थ्य सेवा सुलभ र प्रभावकारी बनाउने दिशामा कार्यरत संस्था हो । 

    डा कोइरालाले काठमाडौँसहित सा तवटै प्रदेशमा बाल अस्पताल निमर्माणको अभियान अघि सारेका छन् । कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ । अब भने  काठमाडौँसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ ।

    बिहिवार, जेठ ३० २०८२०४:२०:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार