काठमाडौं, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके नेपालले प्रत्येक वर्ष कम्तिमा ६ खर्ब कमाउने बताएका छन् ।
घिसिङले भने सर्लाहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने,भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सक्यौं भने करिब–करिब ६ खर्बदेखि ७ खर्ब पैसा कमाउने छ प्रत्येक वर्ष । त्यो भनेको हाम्रो ४५५० खर्ब जीडीपीको १५२० प्रतिशत रकम हाम्रो विद्युत् निर्यातबाट मात्र हुने छ ।
प्रचण्ड प्रधानमन्त्री र घिसिङ कार्यकारी निर्देशक पदमा रहेका बेला भएको भारत भ्रमणमा भारतलाई १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको थियो । घिसिङले नेपालमा जलविद्युत्बाट यातायात क्षेक्रमा ठूलो त्रान्ति ल्याएको पनि बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।