काठमाडौँ, सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । नक्साल भाटभटेनी स्थित अम्रपाली ब्यांक्वेट नजिकै उनको घरमा सादा पोसाकका प्रहरी खटिएका छन् । उनीहरूलाई साइबर ब्युरोबाट परिचालन गरिएको ब्युरोका एक जना अधिकृतले जानकारि दिए ।
पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनी विरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा जाहेरी दर्ता भएको ब्युरोका एक जना अधिकृतले बताए । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए । त्यसबारे उनी विरुद्ध साइबर अपराध गरेको उजुरी परेको थियो ।
उनले समाचार सामग्री प्रशारण गरेकै आधारमा सरकारबाट गर्न खोजिएको जबरजस्ती रोक्न आवश्यक कदम चाल्न पनि दुवै संस्थालाई आग्रह गरेका छन् । पाठकले तीन साता अघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत 'हिलटन होटल र कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।