बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यूके पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ

यूके पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ

  • 949
    SHARES

  • यूके पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ

    काठमाडौं, यूके पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने गिरोहका दुई जना सदस्य पक्राउ परेका छन् ।

    मोरङ रतुवामाई नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौं सरस्वती नगर बसोबास गर्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका–१२ स्थायी ठेगाना भई हाल काठमाडौं नरेफाँट बसोबास गर्ने ४७ वर्षीय अरुण राज शर्मा पक्राउ पर्नेमा छन् ।

    काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट उनीहरूलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग,ताहाचल पठाइएको हो । ३८ जना पीडितबाट यूके पठाइदिने भन्दै झण्डै ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरिएको खुलेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले बताए । 

    मंगलवार, जेठ २८ २०८२११:३१:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार