बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

७२ जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडौँमा

७२ जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडौँमा

  • 994
    SHARES

  • ७२ जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडौँमा

    काठमाडौँ, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ ।

    सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या काठमाडौँमा देखिएको छ । काठमाडौँमा १३२,कास्कीमा ९०,सुनसरीमा ८७,चितवनमा ६१, पाल्पामा ५१,रुपन्देहीमा ४७,कञ्चनपुरमा ३७,दाङमा ३२ र भक्तपुरमा ३० वटा सङ्क्रमित भेटिएका छन् । 

    ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेङ्गीलाई शून्यमा नै ल्याउने र डेङ्गी गराउने लामखुट्टे सखाप नै पार्न भन्ने अवस्था सिर्जना गर्न नसकिए पनि नियन्त्रण भने गर्न सकिने बताए । उनले भने,“डेङ्गीको सङ्क्रमण र मृत्युदर घटाउन सकिन्छ । यसका लागि सबै जनाको समन्वय आवश्यक हुन्छ ।

    सोमवार, जेठ २७ २०८२०४:३७:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार