काठमाडौं, ४५ लाख बढी मूल्यको सुनसहित काठमाडौंको नागढुंगा चेक प्वाइन्टबाट भारतीय नागरिक पक्राउ परेका छन् ।
झापाको काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३–००१–ख ३१३९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई जाँचका क्रममा पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले बताए । प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले बसमा जाँच गरेको थियो ।
पक्राउ परेका भारतीय नागरिक ३१ वर्षका महादेव सामन्तको साथमा २७।८३ ग्राम सुन बरामद भएको छ । थप अनुसन्धान एवम् कारबाहीका लागि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।