काठमाडौँ, प्रहरी प्रधान कार्यालयले बारास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत डीएसपी सुभद्रा वाइबालाई फिर्ता बोलाएको छ ।
डीएसपी वाइबालाई फिर्ता बोलाउने निर्णय भएको प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले जानकारि दिए । सिमरामा डीएसपी वेद जोशीलाई पठाइएको छ ।
६ महिनाअघि सिमरा गएकी वाइबाले जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंसँग विवाद गरेकी थिइन् । तेलको कुपनको विषयमा उनीहरूको बिचमा विवाद भएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरू बताउँछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।