काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बल नेपालले मंगलबार पनि २ वटा बस सञ्चालन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वयम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्नेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।