काठमाडौँ, दुर्घटनामा परेर २०८२ को वैशाख महिनामा २४५ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार १८५ जना पुरुष,४१ जना महिला,१३ जना बालक र ६ जना बालिकाले ज्यान गुमाएका हुन् ।
दुर्घटनामा परेर ७१९ जना गम्भीर घाइते भएका छन् । वैशाखमा ४ हजार ५६५ सवारी साधन दुर्घटनामा परे । ३ हजार ४९ ठाउँमा भएको दुर्घटनामा ४ हजार ५६५ सवारी साधन संलग्न रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
दुर्घटना हुने सवैभन्दा धेरै मोटरसाइकल छन् । वैशाखमा भएका कुल दुर्घटना मध्येमा २ हजार ५६६ मोटरसाइकल दुर्घटनामा परेका समेत छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।