काठमाडौँ, काठमाडौँको नागढुंगा–नौबिसे सडकखण्डमा बस पल्टिँदा सडक अवरुद्ध हुन पुगेको छ ।
दाङबाट काठमाडौँ आउँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ०१७७ नम्बरको बस आज बिहान पौने तीन बजेतिर सडकको नालीमा खसेको थियो ।
सो बसले सडकको केही भाग अवरुद्ध हुँदा बिहानैदेखि सडक जाम भएको हो । बसलाई हटाउन क्रेन पठाइएको र केही समयपछि बाटो खुलेर सामान्य अवस्थामा फर्किने प्रहरीले जानकारी दिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।