बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित २ बच्चाको बीभत्स हत्या भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाका अनुसार होराइजनचोक नजिकै मिलीजुली पथमा उनीहरूको हत्या भएको हो ।
अन्दाजी २७ वर्षीय महिला र छोरा र छोरीको घाँटी अँठ्याएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरीले जनाएको छ । बालबालिका ७ र ४ वर्ष रहेको डिएसपी रानाले जानकारि दिए ।
हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०–३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।