काठमाडाै, सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिकाको खकुन्डोलमा पहिरोले जाँदा दुईवटा बोलेरोसहित केही घरको क्षति भएको छ ।
मंगलबार बिहान माथिल्लो भेगबाट खसेको सुख्खा पहिरोले भोटेकोसी-४ मा पार्किङ गरेका दुई बोलेरोसँगै केही घरमा क्षति पुगेको हो । भोटेकोसी गापा-१ का गंगाबहादुर नेवारको बा १८ च ८६१७ नम्बरको बोलेरो पूर्णरूपमा ध्वस्त भएको इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक राईले बताएका छन् ।
पार्किङ गरेको राखेको एकवटा बोलेरो पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने अर्को बा ०३० च ७८७४ नम्बरको बोलेरोमा आंशिक मात्र क्षति पुगेको प्रहरी निरीक्षक राईले बताए ।
पहिरोमा ठूला चट्टान झर्दा स्थानीय साङ्बो शेर्पा र पाल्देन शेर्पाको घरभित्र ढुंगा पुगेर क्षति पुगेको प्रहरीले जनाएको छ । अहिले पहिरोको अवरोध हटाइएकाले यातायात भने चलिरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।