बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सरकारले गर्‍यो आठ सचिवको सरुवा

सरकारले गर्‍यो आठ सचिवको सरुवा

  • 739
    SHARES

  • सरकारले गर्‍यो आठ सचिवको सरुवा

    काठमाडौँ, सरकारले निजामती कर्मचारीको विशिष्ट श्रेणीको सचिव पदमा विभिन्न निकायमा कार्यरत ८ जनाको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ८ सचिवको सरुवा गरेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले दिएको जानकारी अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रशासनतर्फका सचिव हरिप्रसाद मैनालीलाई संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । लोक सेवा आयोगका सचिव डिल्लीराम शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रशासनतर्फ ल्याइएको छ । संस्कृति मन्त्रालयका सचिव विनोद प्रकाश सिंह गत वैशाख २५ गते अनिवार्य अवकाशमा गएपछि त्यहाँ सचिव पद रिक्त थियो । राष्ट्रपति कार्यालयका सचिव डा.रामप्रसाद घिमिरेलाई उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ ।

    उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुर्‍याइएको छ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.दीपक काफ्लेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेललाई शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोक सेवा आयोगको सचिवमा सरुवा गरिएको छ । गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ । महालेखा नियन्त्रक कार्यालयमा सचिव पद रिक्त थियो । 

    बैठकले प्रशासनतर्फको रिक्त सचिव पदमा भूपाल बराल र प्राविधिकतर्फको रिक्त सचिव पदमा दीनानाथ शर्मालाई बढुवा गरेको एक मन्त्रीले जानकारी दिए । प्राविधिकतर्फ सचिवमा बढुवा भएका मिश्रलाई रिक्त जल तथा ऊर्जा आयोगमा पदस्थापन गरिएको स्रोतले जानकारी दियो । 

     

    मंगलवार, जेठ १४ २०८२०१:२३:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार