बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

  • 661
    SHARES

  • प्रहरी नायव निरीक्षक शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित

    काठमाडौँ, प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा विशेष बढुवा भएकी प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएकी छन् ।

    प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा प्रहरी प्रधान कार्यालयमा गत जेठ ६ गते बसेको नीति निर्माण समिति (पीसीसी) बैठकले उनलाई सुशोभित गर्ने निर्णय गरेको थियो । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सङ्गठनको गौरव बढाउन सफल शेर्पालाई नीति निर्माण समिति बैठकको निर्णयले विशेष बढुवा प्रदान गरी प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।  

    प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबिच प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । 

    आइतवार, जेठ १२ २०८२०४:०२:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार